एन्जेला मर्केलकी मित्र बनिन् जर्मनीको सत्तारुढ पार्टी प्रमुख
जर्मनीकी चान्सलर एन्जेला मर्केलकी मित्र एनाग्रेट क्र्याम्प करेनबावर (५६) सत्तारुढ दल क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू)की प्रमुख बनेकी छन्। यससँगै १८ वर्षदेखि सत्तारुढ दलको एकछत्र नेताबाट मर्केलले बिदा पाएकी छन्।
ह्यामबर्गमा भएको मतदानमा सीडीयूकी महासचिव क्र्याम्पले करोडपति वकिल फेडरिक मर्जलाई झिनो मतान्तरमा पराजित गरिन्। मर्केल सन् २०२१ सम्म चान्सलर रहने पक्षमा देखिएकी छन् । उनीपछि क्र्याम्प नै चान्सलर हुने सम्भावना छ।
पार्टी प्रमुखको उम्मेदवारका रूपमा क्र्याम्पलाई चान्सलर मर्केलले समर्थन गरेकी थिइन्। आफ्नो गृहप्रान्त सारल्याण्ड तथा बर्लिनमा लोकप्रिय रहेकी क्र्याम्पलाई सरल व्यक्तित्वकी नेता मानिन्छ । राजनीतिक दक्षता तथा शान्त विश्लेषणका लागि पनि चिन्ने गरिन्छ।
सन् २००० मा उनी जर्मनीको पहिला महिला गृहमन्त्री बनेकी थिइन् । र, सारल्याण्ड प्रान्तको पहिलो महिला प्रधानमन्त्री पनि हुन्। बीबीसी