तस्वीरमा द्वन्द्वका पीडा
१४ जना द्वन्द्व पीडितको कारुणिक जीवन गाथा समेटिएको तस्वीर प्रदर्शनी सदरमुकाम चरिकोटमा २१ मंसीरमा सम्पन्न भएको छ।
निर्दोष भइकन पनि द्वन्द्वमा पीडा भोग्नुपरेको तर पीडितलाई सरकारले बेवास्ता गरेकाले तस्वीर प्रदर्शनीमार्फत पीडितको समस्या सार्वजनिक गर्न खोजिएको प्रदर्शनीका संयोजक सुरेन्द्र खत्रीले बताए।
म्याग्दीको बेनीबाट शुरु भएको प्रदर्शनी रुकुम, बर्दिया र नेपालगञ्जलगायत ठाउँमा यसअघि सम्पन्न भइसकेको छ। अपांग तथा दृष्टिविहीन समुदाय सेवा संघको समन्वय तथा द्वन्द्व पीडित साझा चौतारी नेपालको आयोजनामा तस्वीर प्रदर्शन गरिएको हो।
दोलखा जिरीका कृष्णबहादुर पाख्रिन, दैलेख रतिखोलाकी कली परियार, कालिकोट तिलागुफाका आनन्द पाण्डे, बर्दिया तारातालका अशोक सोडारी, रुकुमकोट सिस्नेका भगवती गौतम, रामकुमारी घर्ती, कास्की पोखराका दुदराज अधिकारी, लीला गुरुङ, बर्दिया राजापुरका गयाप्रसाद चौधरी, हेमराज थारू, म्याग्दी बेनीका कृष्णलाल श्रेष्ठ, सुरेन्द्र खत्री, बाँके कुम्भहरका रामरतन थारू र पोखरा नयाँबजारका रुबन श्रेष्ठको कथा समेटिएको छ।
शर्मिला बुढाथोकी, दोलखा