बुटवलबाट नेकपा–माओवादीका २१ कार्यकर्ता गिरफ्तार
बुटवलमा चक्काजाममा गराउन सडकमा उत्रिएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका २१ कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेपालको बन्दको पूर्वतयारीका लागि भन्दै आज, २५ कात्तिक बिहान एक घण्टे चक्काजाम गर्न लागेका उनीहरुलाई ईलाका प्रहरी कार्यलय बुटवलको टोलीले अस्पताल लाईनबाट गिरफ्तार गरेको हो ।
गिरफ्तार हुनेहरुमा उक्त पार्टीका जिल्ला सेक्रेटरी शरद ओलीसहित २१ जना छन् ।
उनीहरु सबैलाई ईलाका प्रहरी कार्र्यलय बुटवलमा राखिएको डिएसपी मुकुन्द मरासिनीले बताए ।
उक्त पार्टीले काठमाडौंमा ३, चितवनमा ७, पोखरा २ जना लगायत अन्यत्र पनि आफ्ना कार्यकर्ता गिरफ्तार भएको जनाएको छ ।
दीपक ज्ञवाली