एअरपोर्ट सिटीका नाममा जंगल मास्न पाइँदैनः माधवकुमार नेपाल
संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र एअरपोर्ट सिटीका नाममा जंगल मास्न नपाइने बताएका छन् ।
आज निजगढ विमानस्थल निर्माण क्षेत्रको स्थलगत अवलोकन गर्दै नेपालले आवश्यकताका आधारमा मात्र रुख कटान गरिनुपर्ने बताएका हुन् ।
नेपालले वातावरणमा असर नपर्ने गरी विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । अवलोकनपछि उपसमिति संयोजक नेपालले तत्काल एउटामात्र धावनमार्ग बनाउनुपर्ने धारणा राखे ।
स्थलगत अनुगमन गर्दै उपसमितिले सिमरा, कोल्वी, निजगढ र कलैयालाई एअरपोर्ट सिटीका रुपमा अघि बढाउन विकल्प सुझाएको छ ।