बन्धक बनाई बालिका बलात्कार गर्ने दुईजना पक्राउ
१३ वर्षीया बालिकालाई दुईदिनसम्म बन्धक बनाई बलात्कार गरेको अभियोगमा दुई व्यक्ति पक्राउ परेका छन् ।
१८ मंसीरमा दोलखा भिमेश्वर घरभई हाल काठमाडौं सानोभ¥याङ बस्ने राजेन्द्र नेपाली (२१) र कपन बस्ने सुरेश नेपाली (२७) सातदोबाटो ललितपुरबाट पक्राउ परेका हुन् ।
महानगरिय प्रहरी वृत्त सातदोबाटोका अनुसार ललितपुर हरिसिद्धिबाट हराइरहेकी बालिकाको खोजीको लागि १७ मंसीरमा निवेदन परेको थियो ।
बालिकाले बोकेको मोबाइलबाट पिडक मध्येका एक राजेन्द्र नेपालीले आफ्नो मोबाइलमा एकपटक फोन गरेको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार ललितपुर हरिसिद्धीबाट राजेन्द्रले ललाईफकाई ती बालिकालाई १६ मंसीरमा काठमाडौं गोंगबुस्थित नयाँ बसपार्कको गेष्ट हाउसमा पु¥याई बलात्कार गरेका थिए ।
भोलिपल्ट राजेन्द्रका साथी सुरेशले बलात्कार गर्न खोज्दा उम्किन सफल बालिकालाई चापागाउँमा फेला पारिएको सातदोबाटो वृत्तका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।