शेयर बजार र तरलता समस्याबारे अध्ययन गर्न समिति
शेयर बजार र ब्यांक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य रकम अभावको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र ब्यांकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।
आज मन्त्रिस्तरिय निर्णय गर्दे अद्यौगिक तथा पूँजीबजारमा देखिएको समस्याबारे अध्ययन गर्न समिति गठन गरिएको हो ।
समितिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, ब्यांकर्स संघका अध्यक्ष, लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् ।
समितिलाई एक साताभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिइएको छ ।
लगातार शेयर बजार ओरालो लागेपछि लगानीकर्ता संघले अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गर्दे १९ मंसीरमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
ब्यांकर्स संघले १८ मंसीरमा व्यक्तिगत निक्षेपमा ब्याजदरको सीमा हटाएपछि ब्यांक तथा वित्तीय संस्थाबीच ब्याज बढाउने प्रतिस्पर्धा चल्न थालेको छ ।
यसले समग्र अर्थतन्त्रलाई असर पार्ने भन्दै शेयर लगानीकर्ताले ब्यांकको ब्याजदर बढाउन नहुने माग समेत गरेका छन् ।