राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायू परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई स्वदेश फर्किएकी छन् ।
राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गरेका हुन् ।
राष्ट्रपति भण्डारीले पोल्याण्डको क्याटविस शहरमा १६ मंसीरमा शुरु भई २८ मंसीरसम्म चल्ने सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गरेकी थिइन् ।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले नेपालले नवीकरणीय ऊर्जा विकास तथा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्न विशेष प्रयास गरेको बताएकी थिइन ।