वंशाणुगत रोगबारे पहिलो राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौं प्रज्ञा भवनमा २१ मंसिरदेखि मुलुकमै पहिलो पटक वंशाणुगत रोगसम्बन्धी सम्मेलन हुदैछ ।
अफ लाइफ साइन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा हुने उक्त सम्मेलन दुई दिनसम्म चल्नेछ ।
त्यसक्रममा वंशाणुगत रोगको लक्षण, उपचार र रोकथामका बारेमा चिकित्सकले जानकारी दिने आयोजक समितिका उपाध्यक्ष डा.विष्णु मरासिनीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमलाई सात वटा सत्रमा विभाजन गरिनेछ । यस्ता रोगबाट सिर्जित जटिल समस्या र रोगको अनुसन्धानबारेमा जानकारी दिइनेछ ।