टुँडिखेलमा प्लास्टिकको ‘डेड सी’
प्लास्टिक न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले १९ मंसीरमा काठमाडौं टुँडिखेलमा प्लास्टिकको ‘डेड सी’ (मृत सागर) बनाएर प्रदर्शन गरिएको छ।
त्यसक्रममा एक लाख प्लास्टिकका झोलाहरूको मृत सागर बनाइएको थियो। स्टेम फाउण्डेशन नेपाल र वातावरण विभागको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
मृत सागरको उक्त आकृति नेपालको विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले तयार पारिएको आयोजक संस्थाहरूले जनाएका छन्।