त्रिविमा नेविसंघको ताला
सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ ।
कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयको कार्यकक्षमा नेपाल विद्यार्थी संघले १६ मंसीरमा ताला लगाएको हो ।
ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) मापदण्ड नपुर्याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाएको नेविसंघ त्रिवि एकाईले जनाएको छ ।
त्रिविले यो शैक्षिकसत्रमा ११६ क्याम्पसमा बिसिएको सम्बन्धन दिएको छ ।
नेविसंघले उक्त सम्बन्धन खारेजीको माग गरेको छ । खारेज नहुँदासम्म ताला नखोल्ने संघले जनाएको छ । रासस