समाचारमंगलवार, मंसिर १८, २०७५

सीसी क्यामेराको सहयोगमा पक्राउ परे दुर्घटना गरी भाग्‍ने चालक

हिमालखबर

सवारी दुर्घटना गराएर भाग्‍ने एक चालकलाई प्रहरीले सीसी क्यामेराको सहयोगमा पक्राउ गरेको छ।

१२ मंसिर बिहान ४ बजे टेकुमा दुर्घटना गराएर भाग्‍ने बनेपा-५ का कुमार श्रेष्‍ठलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। उक्त दुर्घटनामा कञ्‍चनपुर भीमदत्त-१८ का जीवन सिंहको मृत्यु भएको थियो।

सीसी क्यामेराको फुटेजका आधारमा बा१८च ३२९३ नम्बरको भ्यान खोज्दै जाँदा श्रेष्‍ठ पक्राउ परेको महानगरीय प्रहरी परिसरका काठमाडौंका डीएसपी होमिन्द्र बोगटीले जानकारी दिए।

प्रतिकृया दिनुहोस