व्यक्तिगत निक्षेपमा ब्यांक आफैंले ब्याजदर निर्धारण गर्न सक्ने
वाणिज्य ब्यांकहरुले व्यक्तिगत निक्षेपमा आफैंले ब्याजदर निर्धारण गर्न पाउने भएका छन् ।
आज नेपाल ब्यांकर्स संघको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदरको सीमा हटाएको हो ।
यसअघि वाणिज्य ब्यांकहरुले नेपाल ब्यांकर्स संघको निर्णयका आधारमा निश्चित प्रतिशत मात्रै ब्याज दिने गरेका थिए ।
ब्यांकमा लगानीयोग्य रकमको अभाव हुन थालेपछि निक्षेप बढाउनका लागि ब्याजदरको सीमा हटाएको जनाइएको छ ।
यसअघि ब्यांकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत, बचत खातामा ७ प्रतिशत र संस्थागत निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिंदै आएका थिए ।