बलात्कार अभियोगमा पक्राउ परे राजपा नेपालका नेता
श्रीमानलार्इ कारागारबाट छुटाउन पहल गर्ने आश्वासन दिँदै एक बन्दीकी श्रीमतीसँग लाखौं रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा राष्ट्रिय जनता पार्टी नेपालका एक नेता पक्राउ परेका छन्।
सप्तरीको छिन्नमस्ता-५ लोखरम निवासी राजपा नेपालका जिल्ला कोषाध्यक्ष मनोजकुमार मेहता पक्राउ परेका हुन्। जिल्ला प्रहरीका नायब उपरीक्षक (डीएसपी) भावेश रिमालका अनुसार मेहताविरुद्ध बलात्कार तथा ठगी मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ।
राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका श्रीमानलाई छुटाइ दिने आश्वासन दिँदै मेहताले पटक-पटक गरी रु साढे १० लाख ठगी गर्नुका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ। रासस