एनआईसी एशिया ब्यांकको नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त
एनआईसी एशिया ब्यांक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् ।
यसअघि सहायक प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेलाई १७ मंसीरमा बसेको ब्यांकको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
२०४६ सालमा तत्कालिन नेपाल ग्रिण्डलेज ब्यांक लिमिटेडबाट ब्यांकिङ क्षेत्रमा प्रवेश गरेका पाण्डेले विभिन्न ब्यांकका साथै एनआईसी एशियाको विभिन्न विभागमा प्रमुखको भुमिका निर्वाह गरिसकेका छन् ।
एनआईसी एशिया ब्यांकका १४ लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै २६८ शाखा र २८१ एटीएमबाट देशभर ब्यांकिङ सेवा प्रवाह गरिरहेको छ ।
पढ्नुहाेस् ।