पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले १७ मंसीर मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु २ घटाउने निर्णय गरिएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल रु ९९ मा खरीद गर्न सकिनेछ।
यसअघि पेट्रोल रु ११४ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु १०१ मा खरीद बिक्री हुँदै आएको थियो। हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
२०७१ सालदेखि लागू हुँदै आएको स्वचालित मूल्य संरचनाअनुसार भारतीय आयल निगमबाट प्राप्त मूल्य सूचीका आधारमा मूल्य घटाइएको निगमले जनाएको छ। रासस