एकै दिन ७ ठाउँमा चोरी, ४ बालक पक्राउ
प्रहरीले चोरीमा संलग्न रहेको आशंकामा ४ जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
उनीहरूले १६ मंसीर दिउँसो सदरमुकाम चरिकोटका ७ ठाउँमा चोरी गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार रड प्रयोग गरी झ्याल, ढोका र भेन्टिलेसन फोडेर कोठामा प्रवेश गरी चोरी भएको छ ।
पक्राउ परेका बालकहरू १० देखि १४ वर्ष उमेरमा छन् । उनीहरूको साथबाट चोरी गरेको नगद र मोबाइल बरामद गरिएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
शर्मिला बुढाथोकी, दोलखा