कला/साहित्यसोमवार, मंसिर १७, २०७५

'कथा ७२’को नेपाल प्रिमियर किम्फमा

हिमालखबर

नेपाली चलचित्र ‘कथा ७२’को नेपाल प्रिमियर काठमाडौं अन्तर्राष्‍ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा हुने भएको छ।

देशबाहिरका ४ वटा चलचित्र महोत्सवमा प्रदर्शन भइसकेको ‘कथा ७२’ किम्फको यस वर्षको संस्करणको नेपाल प्यानोरमा छनोट भएको छ। २२ मंसिर दिउँसो १ बजे राष्‍ट्रिय सभागृहको सिटी हलमा प्रिमियर हुन लागेको हो।

त्यसलगत्तै २४ मंसिरमा बुटवलको भ्यू सिनेमा र २६ मंसिरमा इटहरीको इलाइट सिनेमा हलमा प्रिमियर गरिने निर्माण पक्षले जनाएको छ। २८ मंसीरदेखि मुलुकभरका सिनेमा हलहरूमा उक्त चलचित्र प्रदर्शन हुँदैछ।

‘हाम्रो भूगोल, हाम्रो कथा’ अभियानका साथ २०७२ को महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि ‘कथा ७२’ बनाइएको हो। प्रवीण स्याङ्बोको लेखन रनिर्देशन रहेको चलचित्र चिन्तन राजभण्डारीले छायांकन गरेका हुन्। रंगमञ्‍चमा अभिनयको पृष्‍ठभूमि बनाएका कलाकारहरू आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्‍ठ, शारदा अधिकारी, रोमसलगायतको अभिनय छ।

प्रतिकृया दिनुहोस