जलवायु परिवर्तनका कार्यक्रमलाई विश्व ब्यांकको २ खर्ब डलर
जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि विश्व ब्यांकले २ खर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
सन् २०२१ देखि सन २०२५ सम्म उक्त रकम जलवायु परिवर्तनबाट प्रभावित अति कम विकसित र हिमाली मुलुकमा खर्च गरिने विश्व ब्यांकले जनाएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको २४ औं सम्मेलनका अवसरमा विश्व ब्यांकले उक्त घोषणा गरेको हो । सम्मेलन २ डिसेम्बरदेखि पोल्याण्डमा शुरु भएको छ ।
उक्त रकम स्थानीय ज्ञानलाई प्राथमिकतामा राखेर अनुकुलन, जीवीकोपार्जन र जीवनस्तर सुधारका योजनामा खर्च गरिने ब्यांकको भनाइ छ । “अति कम विकसित र उच्च जोखिममा रहेका देशका लागि जलवायु परिवर्तनले अस्तित्वको खतरा पैदा गरेको छ,” ब्यांकका अध्यक्ष जिम योङ किमले भने ।
उनका अनुसार अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसीसी) को १-१ खर्ब गरी २ खर्ब डलर जुटाइएको हो ।