रंगेली नगरपालिकाले अतिक्रमित घर टहरा भत्कायो (भिडियो)
मोरङको रंगेली नगरपालिकाले सरकारी जमिनमा बनेका १० वटा घर भत्काएको छ ।
नगरपालिकाले व्यवसायीक भवन, हाट र बसपार्क निर्माणका लागि सरकारी जमिनमा बनेका घर भत्काएको हो ।
नगरपालिकाले वर्षौदेखि सरकारी जमिनमा घर बनाएर बसेका स्थानीयलाई हटाउन सशस्त्र र नेपाल प्रहरीको सहयोग लिएको थियो ।
पाँच महीनाअघि जमिन खाली गर्न सूचना जारी गर्दा पनि स्थानीयले अटेर गरेपछि १६ मंसीरमा बल प्रयोग गरी घर भत्काएको रंगेली वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र मण्डलले जानकारी दिए ।
तीन बिगाहा जमिन रहेका उक्त क्षेत्रमा हाट र बसपार्कका लागि गत वर्ष रु ६० लाख र यो वर्ष सटर निर्माण गर्न रु एक करोड बजेट विनियोजन गरिएको छ ।
–कमल रिमाल
हेर्नूस् भिडियो