यूएनएचसीआरको कार्यालय अगाडि शरणार्थीको प्रदर्शन
काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग ( यूएनएचसीआर)को शाखा कार्यालयमा विभिन्न शरणार्थीले प्रदर्शन गरेका छन् ।
राहत र अर्को मुलुक जान सहजिकरण गरिदिन माग गर्दै विभिन्न देशका शरणार्थीले तीन सातादेखि यूएनएचसीआरको कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।
बालबालिका र महिला सहित प्रदर्शनमा उत्रिएका शरणार्थीहरुले ‘हामी मरिरहेका छौं, बाँच्नको लागि मद्दत गर’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
नेपालले अवैध आप्रवासीको रुपमा लिने उनीहरुलाई यूएनएचसीआरले भने शरणार्थीको परिचयपत्र दिएको छ ।
नेपालमा हाल म्यान्मार, पाकिस्तान, बांगलादेश, इरान, सोमालिया, अफगानिस्तान लगायतका मुलुकका ७१७ जना शरणार्थी रहेको तथ्याङ्क छ ।