आज अन्तर्राष्ट्रिय अपांगत दिवस मनाइँदै
२७औँ अन्तर्राष्ट्रिय अपांगता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा ‘मलाई गणना गर, समावेश गर’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।
सन् २०१३ बाट नेपालमा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्र संघले सन् १९९२ बाट हरेक वर्ष ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाउने घोषणा गरेको थियो ।
विश्व ब्यांक र विश्व स्वास्थ्य संगठनले सन् २०११ मा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वको कूल जनसंख्याको १५ प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको अपांगता रहेको उल्लेख गरिएको छ ।