कार्ड कारोबारमा नबिलको १० प्रतिशत नगद फिर्ता
नबिल ब्यांक लिमिटेडले आफ्ना भिसाकार्ड बोक्ने ग्राहकलाई लक्षित गरेर ‘नबिल भिसाकार्ड क्यासब्याक’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत नबिलको भिसाकार्डबाट कारोबार गर्दा ग्राहकले १० प्रतिशत नगद फिर्ता पाउनेछन् ।
नबिलको डेबिट, क्रेडिट, प्रिपेडमध्ये कुनैपनि कार्डबाट नेपाल भित्रका पोइन्ट अप सेल (पीओएस) मार्फत कारोबार भएको रकमको १० प्रतिशत नगद फिर्ता हुनेछ ।
यो योजना १४ मंसीरदेखि १६ पुससम्म लागू हुने ब्यांकले जनाएको छ ।